

महेन्द्रनगर । जिल्ला अदालत, कञ्चनपुरले वैवाहिक जबरजस्ती करणी मुद्दामा गायक रवि ओडलाई सफाइ दिएको छ । ओडकी श्रीमतिले अदालतम दायर वैवाहिक जबरजस्ती करणी मुद्दामा ५ लाख धरौटीमा छाडिएका ओडले सफाई पाएका हुन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको छ । ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन्। उनले आइतवार सफाइ पाएका कञ्चनपुर प्रहरीले बताएको छ ।

गत चैत २० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यस बेला उनी कामका दौरान विदेशमा थिए ।
विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। गायक ओड जेठ ३ गते पाँच लाख धरौटी तिरेर थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए । ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।
