


महेन्द्रनगर । भारतबाट भन्सार छली गरेर आएका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ३ लाख ४ हजार ८ सय मुल्य बराबरको पानी तान्ने मोटर,सुर्ती, किसमिस, पापड, गुट्का र मोटर साइकल एक थान नियन्त्रणमा लिइ थप कारवाहिको लागी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

