ghar sansar

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा

khasi

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

dirghayi clinic

एमालेका उपमहासचिव समेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उक्त भूमिकामा थिए । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषद्‍मा अर्थमन्त्री थिए ।

अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए । खतिवडा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

Himal dental
सम्बन्धित
Loading...