ghar sansar

गड्डाचौकी भन्सारमा तीन वर्ष यताकै सबैभन्दा बढी राजश्व संकलन

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालयको राजस्व २० प्रतिशतले बढेको छ । तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २० प्रतिशतले भन्सार राजस्व बढेको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा भन्सार कार्यालय गड्डाचौकीले ५९ करोड ६९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ५४ करोड ४१ लाख संकलन भएको छ । यो लक्ष्यभन्दा ९ प्रतिशत कम हो ।

,orning glory badhai
dirghayi clinic

त्यसै गरी अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा ५८ करोड ९६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा ४२ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा ५२ करोड ७७ लाख लक्ष्य निर्धारण गरिएकोमा ४६ करोड २२ लाख राजस्व संकलन भएको थियो ।

विगत तीन वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो दुई वर्षको तुलनामा २० प्रतिशत राजस्व वृद्धि भएको भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत तेजबहादुर रावलले बताए ।

Himal dental
सम्बन्धित
Loading...