ghar sansar

शुक्लाफाँटामा एक वर्षमै ११ किलोमिटर सडक स्तरोन्नति, १० किलोमिटर खोलियो ट्रयाक

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हँुदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ ।

नगरपालिकाका १२ वटै वडाका सडक स्तरोन्नति गर्ने, खाल्डाखुल्डी पुर्ने काम भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दिपक धामीले बताए ।

dirghayi clinic

उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नगरपालिकाले १७ दशमलव चार किमी सडक ग्राभेल गरेको छ। ११ दशमलव ३५ किमी सडक स्तरोन्नति गरिएको छ ।

सडक नभएका क्षेत्रमा नौ दशमलव ९४ किलोमिटर सडक ट्रयाक खोलिएको छ। नगरपालिकाको आर्थिक स्रोत थोरै हुँदा सडक कालोपत्र करिब एक किमी मात्र गरिएको छ। सडक छेउमा पानी निकासका लागि नाली निर्माण गरिएको छ ।

विगतमा वर्षाका बेला नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक सुधार नहुँदा हिलाम्मे हुने गरेका थिए । नगरपालिकामा जनप्रतिनिधि आएपछि सडक सुधार नगरिँदा आवागमनमा सुविधा भएको स्थानीय रामबहादुर डगौराले बताए ।

ग्राभेल मात्रै नगरपालिकाले विगत सात वर्षदेखि गर्दै आएको छ उनले भने, यो पहिला पनि हुन्थ्यो, अब सडक कालोपत्र गरिनु पर्छ, नगरपालिकाको आन्तरिक बजेटले नभ्याउने भए प्रदेश र सङ्घीय सरकारलाई गुहार्नु पर्छ ।

Himal dental
सम्बन्धित
Loading...