ghar sansar

एमालेले यसरी मनायो ४६ औ पुष्पलाल स्मृति दिवस

khasi

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस मनाइएको छ । सो अवसरमा एमाले पार्टी कार्यालयमा पुष्पलालको शालिकमा माल्यार्पण गरिएको छ ।

पार्टी कार्यालय परिसरमा वृक्षारोपण र सरसफाई गरिएको छ । एमाले भीमदत्त नगर कमिटीको आयोजनामा सरसफाई गरिएको छ ।

ratnam
dirghayi clinic

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य निरुदेबी पाल, केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर वि.क, प्रदेश कमिटी सदस्यहरु महेश पन्त, मोहन सिंह रावल, लक्ष्मी वि.क कलशा महरा, पार्वती जोशी, जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा, उप सचिव अशोक कुमार चन्द, राजिव खड्का, निवर्तमान अध्यक्ष सुरेन्द्र विष्ट, पूर्व प्रदेश कमिटी सदस्य रविन्द्र कुवँर लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

 

तस्बिर सौजन्य : महेश भट्ट

Himal dental
सम्बन्धित
Loading...