ghar sansar

बैतडीमा ८७ करोड बजेट फ्रिज

महेन्द्रनगर । गत आर्थिक वर्ष २०८०÷८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ ।

संघ र र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिएका हुन् ।

mantra hos123

संघीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ बजेट आएको थियो । उक्त बजेटमध्ये पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ खर्च भएको छ ।

यस्तै, पुँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार छ सय पाँच बजेट आएको र सोमध्ये ६० करोड ७२ लाख दुई हजार एक सय १६ खर्च भएको सङ्घीय कार्यालयहरुमा कूल बजेट छ अर्ब ६७ करोड ७० लाख ४० हजार तीन सय ९३ प्राप्त भएकामा छ अर्ब २४ करोड ६१ लाख ५१ हजार चार सय ४१ खर्च भएको छ ।

यसरी गत आर्थिक वर्षमा सङ्घीय कार्यालयहरुबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार नौ सय ५१ फिर्ता भएको लेखापाल भट्टले बताए ।

प्रदेशका कार्यालयहरुमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार सात सय ४३ बजेट प्राप्त भएकामा ६१ करोड २२ हजार छ सय ६१ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ एक अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार पाँच ८३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेशका कार्यालयहरुमा गत आर्थिक वर्षमा दुई अर्ब ५५ करोड नौ लाख ८६ हजार सात सय ४३ बजेट आएकामा दुई अर्ब एक करोड ४४ लाख ७० हजार दुई सय ४५ खर्च भएको छ ।

प्रदेशका कार्यालयबाट ४४ करोड ६५ लाख १६ हजार चार सय ९७ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...