ghar sansar

रामदत्त जोशी एआइजी सिफारिस

khasi

महेन्द्रनगर । नेपाल प्रहरीका रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेका जोशीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

dirghayi clinic

गत असार १८ गते एआइजी उमेशराज जोशी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा गएका थिए । उनी अवकासमा जानुअघि नै डिआइजी पोषराज पोखरेललाई असार १० गते बसेको समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको थियो ।

तर पछि मन्त्रिपरिषद बैठकले निर्णय नलिँदा उनी फुली लगाउन नपाउँदै डिआइजीबाटै अवकासमा गए । त्यसैले एक पद रिक्त रहेको ठाउँमा डिआइजी जोशीलाई बढुवा सिफारिस गरिएको हो ।

जोशी कात्तिक १८ गते अवकासमा जानेछन्। हाल जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख छन् ।

Himal dental
सम्बन्धित
Loading...