ghar sansar

जहाज दुर्घटनाको सरकारले छानबिन गर्छ : गृहमन्त्री लेखक

khasi

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका छन् ।

dirghayi clinic

बुधबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको स्थलगत अवलोकनपछि गृहमन्त्री लेखकले दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताए ।

उनले दुर्घटनालगत्तै सरकारको दायित्व पूरा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धारको कार्य गरेको भन्दै प्रशंसा गरे ।

’यो दुर्घटना हो । जे भयो, दुःखद् भएको छ । जहाजमा रहेका १९ जनामध्ये १८ जनाको निधन भएको छ, मृतक सबै सौर्य एयरलाइन्ससँगै आबद्धहरु भएको कुरा आएको छ,’ गृहमन्त्री लेखकले भने, ’दुर्घटनापछि तत्कालै गर्नुपर्ने उद्धारको काम सरकारले पूरा गरेको छ । अब के कारणले यस्तो दुर्घटना भयो? भन्नेबारे छानबिन गर्छ ।’

Himal dental
सम्बन्धित
Loading...