ghar sansar

बेलौरी नगरपालिका : ब्रह्मलुटको यो नमूना, इलेक्ट्रिक जगमा समेत अनियमिताको आशंका

dirghayu ad

महेन्द्रनगर । बेलौरी नगरपालिकाले एक बर्षमा साढे तीन लाख भन्दा बढीको इलेक्ट्रिक जग खरिद गरेको छ । बेलौरी नगरपालिकाले आर्थिक बर्ष २०७९।८० मा ३ लाख ५३ हजार ८ सय ७३ रुपैयाँ बराबरका इलेक्ट्रिक जग खरिद गरेको महालेखापरीक्षकको कार्यालयले अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ मा १ लाख रूपैयाँ भन्दा बढीको खरिद कार्य गर्दा लागत अनुमान तयार गर्नु पर्ने व्यवस्था छ ।

ratnam malkhad

नगरपालिकाले खरिद कार्य गर्दा लागत अनुमान वेगर निम्न भौ.नं. र मितिबाट निम्न सामानहरू खरिद गरेको छ । पालिकाले सामानको स्पेसिफिकेसन सहितको लागत अनुमान तयार गरि खरिद गर्नेतर्फ ध्यान दिनु पर्ने देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसरी लागत अनुमान बेगर खरिद गरेको इलेक्ट्रिक जग कहाँ गए स्थानीयले खोजी कार्य गरिनु पर्ने बताए । उनीहरुका अनुसार यो पैसा खाने खेल बाहेक अन्य केही नभएको जिकिर गरेका छन् । यस विषयमा बेलौरी नगर प्रमुख पोतिलात चौधरीलाई बुझ्न कल गर्दा उहाँको फोन उठेन । यसरी अन्य ठाउँमा समेत ठुलो आर्थिक चलखेल भएको स्थानीय बताउँछन् ।

साभार : पश्चिम आज

Himal dental
सम्बन्धित
Loading...