
मनसुन सुरु भएसंगै देशभर बढी, पहिरो र डुबानका कारण ठूलो जन धनको क्षेति भएको छ । यो वर्ष मात्र नभएर यस्ता घटनाहरु वर्षेनी हुने गरेका छन् । यस्ता घटना हुन नदिन सम्बन्धित निकायहरुले समयमा नै सचेत हुन सकेको भए पर्षेनी यति ठूलो क्षेति व्यहोर्नु पर्ने थिएन होला । विगतमा प्राकृतिकरुपमा हुने गरेको पानीको निकासलाई अनेत्र सारिने र त्यहा विकास निर्माणका कामहरु हुने गरेका कारण यस्ता घटनाहरु बढी हुने गरेका छन् । कञ्चनपुर जिल्लामा यो वर्ष विगतमा कहिलै नआएको बढी आएर जिल्ला भरीनै ठूलो जन धनको क्षेति भएको छ । विगतको तुलनामा जिल्लामा विकास निर्माणका कामहरु भएका छन् । हरेक पालिकाले आ–आप्mनो पालिकामा स–साना र नेपाल सरकारले ठूला योजनाहरुमा काम गरि रहेको अवस्था छ ।
जिल्ला सदरमुकामको उत्तर पट्टिमा एउटा सडक र एउटा नहर निर्माण भएको छ । सडक निर्माण भए पछि जनतालाई आवत जावत गर्न निकै सहज भएको छ । तर सडक निर्मा भए पछि सडको अवस्था कस्तो छ । सडकले पानीको वहाव छेके पछि सडक माथिको वस्तीमा हुने डुवानको बारेमा चासो राखेको पाइदैन । सडको किनारा सम्म अतिक्रमण गरेर खेति लगाउने, सडक छेउमा गाई भैसी बान्ने, सडक किनारामा उम्रेको झाडीले सडकनै ढाको अबस्था ब्रह्मदेव सडकको छ । यसको सरोकारवाला निकाय को हो र किन यति लाप्रवाही भएको छ भन्ने बारे कसैलाई चासो हुदैन । स्थानीय जनप्रतिनिधिहरुले सडकलाई खुल्ला राख्न र सडको दुबैतर्फ ठूलो नालीको व्यवस्था गर्न सकेको भए बढीको पानी घरभित्र पस्ने थिएन । त्यस्तै सोही क्षेत्रमा माहाकाली तेस्रो चरणको नहर निर्माण भएको छ । नहर निर्माण गर्ने समयमा पनि ठाउ“ ठाउ“मा पानीको निकास खोल्न सकेको भए पानीको बहाव एउटै ठाउ“मा केन्द्रीत हुने थिएन । भिमदत्त नगरपालिका र बेदकोट नगरपालिका अधिकांश स्थानहरुमा सडक र नहरका कारणले बढी आएको छ ।

विकास हुनु जनताको लागि सुखद पक्ष हो तर विकासले विनाश निम्त्याउनु दुःखद हो र अहिले यस्तै हुने गरेको छ । प्रकृतिसंग खेलाचि गर्न खोजेमा विनाश निम्तिन सक्छ भन्ने कुरो सबैले बुभ्mन जरुरी छ । विकास विमार्णका कामहरु गर्ने हो भने त्यसबाट उत्पन्न हुने हरेक असरहरुको गहिरो अध्ययन हुन जरुरी छ । यस्तो अध्ययन विना नै निर्माण गरिएका संरचनाका कारण अहिले बाढी र पहिरोको कारण ठूलो जनधनको क्षेति हुने गरेको छ । मनसुनी वर्षाका कारण आएको बाढी पहिरो लगायत विपदमा परेर गत जेठ २८ गते यता मुलुकभर एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् ।
काठमाडौ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ । त्यस्ते काठमाडौ उपत्यकामा ९, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन् । यस अवधिमा विपद्का घटनाबाट ४ हजार १८ परिवार विस्थापित भएका छन् । यो प्रहरीको मोटामोटी मानव क्षेतिको डाटा हो । तर धनमाल र बस्तुभाव गरि भएको क्षेतिको गणना गर्ने हो भने करोडौको क्षेति भएको छ । यो सबै मानव सृजित भएकाले सम्बन्धित निकायको यसतर्फ ध्यान जान जरुरी छ ।
