ghar sansar

राजनैतिक भविष्य

dirghayu ad

सत्ताबाट बाहिरिनै लाग्दा यही असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्या सम्बन्धी घटनाको अनुसन्धानमा दोषी नजिक पुगेको दाबी गरेर सत्ताबाट बहिर्गमन भएका थिए । तर हत्या भएको ६ वर्ष बितिसक्दा पनि प्रहरीले अनुसन्धान भइरहेको भन्ने जबाफ दिने गरेको छ । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको साउन १० गते ६ वर्ष पूरा भएको छ । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र धेरै प्रहरी प्रमुख फेरिएका छन् । अनुसन्धन गर्नका लागि ६ वटा समिति पनि बनेका छन् तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । गृह प्रशासन ६ बर्ष देखि उही जबमफ अनुसन्धान जारी छ भन्ने मात्र आउछ ।असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलनमा अत्यन्त नजिक पुगेका बताए पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । अनुसन्धानका लागि थुप्रै छानबिन समिति बने पनि ६ वर्ष बित्दा पनि घटना रहस्यमै छ । हत्याको विरोधमा सडकदेखि सदनसम्म आवाज उठ्यो । यो घटनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्यो । तर अनुसन्धान शून्यमै छ । अहिलेसम्म प्रहरीले अनुसन्धान गरिरहेका छौं भनेर आश्वासन मात्रै दिने गरेको छ । अहिलेसम्म १२४ जनाको डिएनए परीक्षण गरिएको र साढे ६ सयभन्दा बढीको लिखित बयान लिइसकेको प्रहरीको भनाइ छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति बनायो । त्यो समितिले निष्कर्षमा प्रहरीमाथि नै छानविन हुनुपर्ने सुझाव दिएको थियो । त्यसपछि प्रहरीले तत्कालीन एआइजी धीरु बस्न्यातको संयोजकत्वमा छानबिन टोली बनायो । यस्तै छानबिनका अन्य टोली पनि बने तर नतिजा शून्य छ ।

ratnam malkhad

२०७५ साउन १० गते बिहान निर्मला साथी रोशनी बमको घरमा गएकी थिइन् । सा“झसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा गएर सोधपुछ गर्दा त्यहा निर्मला नभेटिएपछि उनले प्रहरी गुहारिन् । प्रहरीले आलटाल गरेर रातिको समयमा खोजीमा जान मानेन । दोस्रो दिन (११ गते) बिहान घरनजिकै उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला प¥यो । बलात्कारपछि उनको हत्या गरिएको थियो । अहिले यसै क्षेत्रका सांसद रमेश लेखक गृहमन्त्री भएकाले निर्मला पन्तको अत्यारा पत्ता लाग्ने आसा पलाएको छ । गृहमन्त्री लेखक देशकै गृहमन्त्री भए पनि उनकै निर्वाचन क्षेत्रमा घटेको र ६ बर्षसम्म पत्ता लाग्न नसकेको घटनालाई पहिलो प्राथमिकतामा राखेर छिटो भन्दा छिटो निर्मला पन्तको हत्यारा पत्ता लगाउन उनको पहिलो दायित्व हो ।

अहिलेसम्म भएका गृहमन्त्रीले दिने जबाफ जस्तै जबाफ दिएर उनी पन्छिन पाउने अवस्था छैन । अरु गृहमन्त्री यस क्षेत्रका होइनन् र उनीहरुलाई त्यति चासो नराखेको पनि हुन सक्छ । घटनाको प्रकृति र प्रहरीको तत्कालिन भूमीकाले हत्यारा सामान्य व्यक्ति नभएको पुष्टि गरेको देखिन्छ । त्यसैले पनि अहिले सम्म भएका गृहमन्त्रीहरुले यस घटनामा हात नहालेको हुनसक्छ । तर अहिलेका गृहमन्त्री लेखकले विगतका गृहमन्त्रीको जसरी आलटाल गरेर उम्किने ठाउ“ छैन् । त्यसैले गृहमन्त्री लेखकको पहिलोकाम नै निर्मला पन्तको हत्यारा पत्ता लगाउने हुनु पर्दछ र गृहमन्त्री लेखककोे राजनैतिक भविश्य पनि यही घटनासंग जोडिनसक्ने हु“दा हत्यारा पत्ता लगानु पहिलो दायित्व बनेको छ ।

Himal dental
सम्बन्धित
Loading...