
महेन्द्रनगर । भारतबाट भन्सार छली गरी आएको ८ लाख बढी मूल्यको समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहत इकाईले जिल्लाका विभिन्न स्थानमा समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती ७ लाख ३५ हजार, इलाका प्रहरी दोधारा ७२ हजार ८ सय, प्रहरी चौकी परासन ८ हजार ७ सय र अस्थायी प्रहरी बिट मझगाउँले ६ हजार १ सय रुपैँया बराबरको गरी ८ लाख २२ हजार ७ सय ६० रुपैँयाको समान बरामद गरेको छ ।
प्रहरीले ती समानसंगै एक मोटरसाइकल पनि बरामद गरेको छ । बरामद समान चिनी,सलाई , बिडी र तेल छन् । ती सबै समान गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ ।
