ghar sansar

सुदूरपश्चिम सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापा बर्खास्त

khasi

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई पदबाट बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) बाट मन्त्री भएकी थापालाई आइतबार मुख्यमन्त्री सोडारीले पदबाट हटाएका हुन् ।

dirghayi clinic

नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदमध्ये दुई जना सांसदले बिद्रोह गरेर सोडारीको नियुक्तिमा सघाएका थिए । बिद्रोह गरेका टीका थापा र कैलाश चौधरी मन्त्री भएका थिए ।

ratnam

विपक्षी दलहरु कांग्रेस एमालेको मागमा आह्वान भएको विशेष अधिवेशनको बैठकमा मन्त्री थापा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो ।

विपक्षीले मागेको विशेष अधिवेशनको बैठकमा सरकार पक्षसहित कुनै पनि मन्त्री उपस्थित नहुने रणनीतिमा सरकार पक्ष थियो । तर मन्त्री थापा बैठकमा उपस्थित भएपछि उनलाई पदबाट हटाइएको सरकारका प्रवक्ता अक्कलबहादुर रावलले बताए ।

Himal dental
सम्बन्धित
Loading...