ghar sansar

लेखराज भट्ट फेरि एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज

khasi

महेन्द्रनगर । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा इन्चार्ज फेरबदल गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोक्ने निर्णय गरेको हो । कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाउन अघि भट्ट सुदूरपश्चिम प्रदेशको इन्चार्ज थिए ।

dirghayi clinic

महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ ।

एमालेले सम्बन्धित भूगोलबाटै प्रदेश इन्चार्ज तोक्ने नीतिअनुरुप जिम्मेवारी हेरफेर गरेको हो । यसैबीच बैठकले १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।

सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैकोलाई केन्द्रीय समिति सदस्य मनोनीत गरिएको महासचिव पोखेलले बताए ।

Himal dental
सम्बन्धित
Loading...