ghar sansar

एमाले कञ्चनपुर इन्चार्जमा फेरि निरुदेबी पाल

khasi

महेन्द्रनगर । नेकपा(एमाले) ले कञ्चनपुर जिल्ला इन्चार्ज हेरफेर गरेको छ । एमालेले पोलिटब्युरो सदस्य निरुदेबी पाललाई फेरि जिल्ला इन्चार्ज बनाएको हो । कञ्चनपुर इन्चार्ज नारदमुनि रानालाई कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

रानालाई कञ्चनपुर इन्चार्ज बनाएपछि पाललाई बैतडी इन्चार्ज बनाइएको थियो । एमाले सचिवालय बैठकले दुबैलाई आ–आफ्नो जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको हो ।

dirghayi clinic

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हेरफेर गरेको छ । कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलाई फेरि सुदूरपश्चिम इन्चार्ज बनाइएको छ ।

महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ ।

एमालेले सम्बन्धित भूगोलबाटै प्रदेश इन्चार्ज तोक्ने नीतिअनुरुप जिम्मेवारी हेरफेर गरेको हो । यसैबीच बैठकले १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।

सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैकोलाई केन्द्रीय समिति सदस्य मनोनीत गरिएको महासचिव पोखेलले बताए ।

Himal dental
सम्बन्धित
Loading...