जनताको सुख दुःखका सारथी बन्दै वडा अध्यक्ष थापा, यस वर्षदेखि गर्दै छन् मन जित्ने यस्ता काम

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ नम्बर वडाले शिशु जन्मिए भत्ता र वासिन्दाको निधन भए दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ ।

चालु आर्थिक वर्षमा कुनै वडावासीको निधन भए दाहसंस्कार खर्च दिने व्यवस्था गरेको छ । चालू आर्थिक वर्ष २०८१÷८२ देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टि खर्च दिने निर्णय गरेको हो ।

janjyoti campus

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले शिशु स्याहारका लागि जन्मिने बित्तिकै प्रतिशिशु दुई हजार रुपैयाँ र कुनै वडावासीको मृत्यु भएमा अन्त्येष्टिका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने बताए ।

‘वडावासीले विवाह दर्तादेखि मृत्यु दर्तासम्म कुनै न कुनै रुपमा कर तिरेका हुन्छन्। वडाले धेरै काम गर्न नसकेपनि वडावासीलाई वडा सरकार छ भन्ने अनुभुति दिलाउन नमुनाको रुपमा यी २ कार्यक्रमलाई कार्यान्वनमा ल्याएका हौँ।’ नागरिकले कर मात्र तिर्ने तर सुविधा केही पनि नपाउने हो भने सरकारको अनुभुति गर्न नसकिने उनले बताए ।

वडाध्यक्ष थापाले वडाका नागरिक विपन्न भएकाले शिशु जन्मिए शिशुको स्याहारका लागि रकम उपलब्ध गराउने र कसैको मृत्यु भए अन्त्येष्टिका लागि दाउरा उपलब्ध गराउने निर्णय गरिएको बताए । कुनै वडावासीको निधन भए दाउरा खरिददेखि आवश्यक काजकिरियाका लागि वडाबाट सक्दो आर्थिक सहयोग गर्न लागेको वडाअध्यक्ष थापाले बताए ।

वडाको सो निर्णय साउन १ गतेदेखि नै लागू भएको छ। वडाध्यक्ष थापाले वडाभित्र वर्षमा १२ देखि १५ जनाको निधन हुने गरेको बताए । 

ghar sansar
सम्बन्धित
Loading...