ghar sansar

कांग्रेस जनप्रतिनिधिले परिवारका सदस्यलाई नियुक्ति दिन नपाउने !

khasi

महेन्द्रनगर । नेपाली कांग्रेसले सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने काम समेटेर ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका’ ल्याउन लागेको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा छलफलका लागि उक्त प्रस्ताव पेश गरेका हुन् । तीन तहको सरकारमा रहेका र सांसदहरुले पार्टीसँग समन्वय नगरेको गुनासो बढेपछि निर्देशिका ल्याउन लागेको नेताहरुले बताएका छन् ।

ratnam
dirghayi clinic

यसअघिको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको प्रतिनिधित्व गर्दै कार्यकारी भूमिकामा पुगेका नेताहरुले पार्टीलाई नै बेवास्ता गरेको बताउँदै आएका थिए ।

पार्टीसँग जनप्रतिनिधिको सम्बन्ध टुट्न नदिन र कार्यसम्पादन प्रभावकारी बनाउन २९ बुँदे निर्देशिका ल्याएको हो ।

‘आगामी दिनमा अझ प्रभावकारी भूमिका निभाउन सहज होस् भन्ने उद्देश्यले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका निर्माण गरिएको’, छलफलका लागि पेश गरिएको प्रस्तावमा भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...