

महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्य मनोनित गरेको छ ।

भीमदत्त नगरपालिका ६ का भट्टले २०७४ को आम निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट साँसद निर्वाचित भएका हुन् । डा. भट्टले गृह मन्त्री रमेश लेखकलाई चुनावमा पराजित गरेका हुन् ।

एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यका आकाँक्षी थिए । विदेश, सुरक्षा लगायतका मामिलामा विशेष दख्खल राख्ने भट्ट एमालेमा विद्यार्थी राजनीतिबाट आएका हुन् ।
