ghar sansar

शैक्षिक तालिम केन्द्र सञ्चालनको माग गर्दै शिक्षक संगठनले बुझाए पूर्व मुख्यमन्त्री रावललाई ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर जिल्लाका शिक्षक पेशागत संघ, संगठनका प्रतिनिधिहरुले आइतबार सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई ज्ञापनपत्र बुझाएका छन् ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको शिक्षा तालिम उप केन्द्रको समग्र भौतिक, शैक्षिक, आर्थिक तथा मानवीय संशाधान व्यवस्थापनका निम्ति आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा कार्यक्रम राख्न माग गर्दै शिक्षकका पेशागत संघ, संगठनहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

,orning glory badhai

शिक्षा तथा विज्ञान प्रबिधि मन्त्रालयको २०७५ भदौं २६ गतेको मन्त्री स्तरिय बैठकबाट महेन्द्रनगर सहित देशभरका २२ वटा शैक्षिक तालिम केन्द्रमा रहेका भौतिक पूर्वाधार, सम्पत्ती तथा जनशक्ति प्रदेश स्तरको शिक्षा तालिम केन्द्रको मातहतबाट व्यवस्थापन तथा परिचालन गर्ने निर्णय भएको थियो ।

यी तालिम केन्द्रहरुमा कार्यरत स्थायी, श्रेणीविहीन पदका सबै कर्मचारी तथा काजमा रहेका प्रशिक्षक र प्रशासनिक सहायक पदमा कार्यरत कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको निर्णय बमोजिम गर्ने गरी ब्यवस्था गर्न भनिएको थियो । तर हालसम्म कुनै ब्यवस्थापन हुन नसकेको गुनासो शिक्षक संघ, संगठनका प्रतिनिधिहरुले गरेका छन् ।

शिक्षक महासंघका केन्द्रीय सचिव बिर्ख बहादुर मल्लका अनुसार सम्पूर्ण बजेट अहिले प्रदेश स्तरको शिक्षा तालिम केन्द्र दिपायलमा केन्द्रीकृत भएको छ । खारेजीमा परेका महेन्द्रनगर, धनगढी र बैतडी तालिम केन्द्रहरुमा बजेटको सही बाड्फाड नगर्दा केन्द्रहरु जीर्ण अवस्थामा पुगेका छन् ।

dirghayi clinic

यसअघि पनि शिक्षकका पेशागत संघ, संगठनहरुको संयुक्त बैठकले महेन्द्रनगर लगायत प्रदेशमा रहेका शैक्षिक तालिम केन्द्रहरुलाई यथावत राख्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

खारेजीमा परेका बैतडी, कैलाली र कञ्चनपुरका साबिक शैक्षिक केन्द्रहरुमा बजेट ब्यवस्थापन गरी सञ्चालनमा ल्याउन जोड् दिइएको छ ।

प्रदेशमा रहेको एउटा मात्र (दिपायल) तालिम केन्द्रमा तालिम दिँदा सरकारलाई आर्थिक ब्ययभार बढ्ने, शिक्षा तालिम केन्द्र दिपायलमा रहेका शिक्षकहरुका आवासहरु सशस्त्र प्रहरीले प्रयोग गरिरहेको र ९ वटै जिल्लाका शिक्षकहरुले तालिम लिन जादा बस्न समस्या हुने गरेको उनीहरुको गुनासो छ । तालिमको अवसर दिलाउन एक मात्र शिक्षा तालिम केन्द्रबाट असम्भव भएकाले बन्द अवस्थामा रहेका अन्य जिल्लाका तालिम केन्द्र सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउन आएका पेशागत संघ, संगठनका प्रतिनिधिसँग पूर्व मुख्यमन्त्री रावलले तालिम केन्द्र सञ्चालनमा ल्याउने गरी बजेट ब्यवस्थापनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

उनले शैक्षिक तालिम केन्द्र दिपायलका प्रमुखसँग टेलिफोनमा सम्पर्क गरी केन्द्र सञ्चालनका लागि ध्यानाकर्षण पनि गराएका छन् । केन्द्र प्रमुखले महेन्द्रनगरमा जीर्ण अवस्थामा पुगेको तालिम केन्द्र भवनका लागि बजेट बिनियोजन गरी सञ्चालनमा ल्याउन आफूले योजना बनाइरहेको जानकारी दिएका छन् ।

ज्ञापनपत्रमा नेपाल शिक्षक संघका अध्यक्ष वीरेन्द्र सिंह भण्डारी, शिक्षक महासंघका केन्द्रीय सचिव बिर्ख बहादुर मल्ल, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष वेद प्रशाद उपाध्याय, रोष्टर प्रशिक्षक पुष्पराज ओझालगायतले हस्ताक्षर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...