कञ्चनपुर प्रहरीले एकै दिन समात्यो चार लाख मूल्य बराबरको अवैध समान

Amity

महेन्द्रनगर । प्रहरीले आइतबार लाखौँ मूल्य बराबरको भन्सार छलीको समान बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले झण्डै ३ लाख ९७ हजार रुपैया मूल्य बराबरको तस्करीको सामान बरामद गरेको छ । यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले अन्दाजी ७० हजार ८ सय मुल्यको सामान बरामद गरेको छ ।

janjyoti campus

दुबै ठाउँको गरेर करिब ४ लाख ६८ हजार ४९२ मुल्य बराबरको भन्सार छलीको कस्मेटिक सामान, पेय पदार्थ र एक थान मोटरसाइकल समेत बरामद गरेको छ ।

बरामद गरेको सामान कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ghar sansar
सम्बन्धित
Loading...