ghar sansar

पूर्व मुख्यमन्त्री रावलकै सामुन्ने यसरी पोखिए दोदाका दुःख, उपाध्यक्षले भनिन्,– वर्षातमा दोदा उर्लिदा मुटुमा ढ्याङग्रो बज्छ

little buddha academy
khasi

महेन्द्रनगर । करिब ९० प्रतिशत जनजातिको बसोबास रहेको लालझाडी गाउँपालिकाको सबैभन्दा ठूलो समस्या हो, दोदा नदीको कटान । केहीँ दिनकै वर्षातले थारु बस्तीहरु जलमग्न भए । कतिपय ठाउँमा नदी बस्ती तर्फ सोझिएको छ भने दोदा माथिका दुई वटा पक्की र एउटा झोलुंगे पुल पनि उच्च जोखिममा परेका छन् ।

‘दोदाले एउटा मात्र होइन्, अनेक दुःख दिएको छ,’ सोमबार जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख डिई श्री प्रशाद शाहलाई त्यस क्षेत्रमा लगेर गएका सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलसँग गाउँपालिका उपाध्यक्ष सपना राना चौधरीले भनिन्, ‘वर्षातको बेला दोदा उर्लिदा मुटुमा ढ्याङग्रो बज्छ ।’

,orning glory badhai

लालझाडी गाउँपालिकामा ६ वटा वडा छन् । वर्षातका बेला एउटा वडा बाट अर्कोमा जानका लागि स्थानीय सास्ती खेप्न बाध्य छन् । कतिपय वडामा नदी साध भएर बगेको छ । वर्षायाममा स्थानीय ढुक्कले सुत्न सक्दैनन । कुन बेला नदी बस्तीमा पसेर प्रलय मच्चाउछ भन्ने त्रास सधै हुने गरेको पालिका उपाध्यक्ष चौधरीले बताइन ।

नदी कटान लगायत लालझाडी गाउँपालिकाका अन्य समस्याहरुको समाधानको उपाय पहिल्याउन नेकपा (एमाले) का संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री रावल त्यस क्षेत्रमा पुगेका थिए । उनीसँग जनताको तटबन्ध कार्यालयका प्रमुख श्री प्रशाद शाहसहितका प्राबिधिक र स्थानीय जनप्रतिनिधि थिए ।

dirghayi clinic

वडा नं. ५ मा दोदाको कटानले तटबन्ध भत्काउन थालेको छ भने थप क्षेत्रमा तारजाली भरान गरेर तटबन्ध निर्माण गर्नुपर्ने अवस्था छ । त्यहाँका स्थानीयका अनुसार यसअघि चुरे संरक्षण कार्यक्रम अन्तर्गत निर्माण गरिएको तटबन्ध गुणस्तरीय नहुँदा नदी गाउँ पस्ने खतरा छ ।

वडा नं. ४ को झोलुंगे पुल क्षेत्रको अवस्था पनि त्यस्तै छ । नदी कटानले पुल नै जोखिममा परेको छ । यस्तै वडा नं. ३ बल्मिस्थित पक्की पुलको संरचना पनि नदी कटानकै कारण धरापमा परेको जनताको तटबन्ध कार्यालयका प्रमुख डिई साहले बताए । पुलको दायाँबायाँ तटबन्ध निर्माण गरी उक्त संरचना जोगाइदिन स्थानीयले माग गरेको र कार्यक्रममा समेटिने उनले जानकारी दिए ।

तटबन्ध निर्माण नगरिएको स्थानमा दोदाको कटान निरन्तर छ । ‘वर्षात अझै जारी छ, तीब्र कटानका कारण नदी बल्मि बस्तीतर्फ फर्किए कम्तिमा पनि तीन सय परिवारको बिचल्ली हुन्छ,’ स्थानीय रञ्जिता रानाले भनिन् । उनले दोदाको दुःख सुनाउदै हामीले कहिले सुख पाउछौँ भन्दै पूर्व मुख्यमन्त्री रावललाई प्रश्न समेत गरिन ।

वडा नंं. २ को खरो नाला पुल, झोलुंगे पुल, जैबिक तटबन्ध, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका जोडने भकुण्डाको पक्की पुल लगायत बाढी जाने क्षेत्रमा भएको क्षति तथा भौतिक पूर्वाधारहरुको टोलीले अनुगमन गरेको छ ।

पूर्व मुख्यमन्त्री रावलले प्रधानमन्त्री केपी वली शर्माको स्वकीय सचिवालयसँगको परामर्शमा दोदा नदी नियन्त्रणका लागि गुरुयोजना तयार गरी यथासिघ्र सम्बन्धित मन्त्रालयमा पठाइने बताए ।

‘यो कञ्चनपुरको महाकाली नदी पछिको दोस्रो ठूलो नदी हो, कृषियोग्य जमिनको क्षति हेर्दा यसले ठूलो उथलपुथल मच्चाउदै आएको छ,’ पूर्व मुख्यमन्त्री रावलले भने, ‘गुरुयोजना बनाएरै नदी नियन्त्रण गर्नुको बिकल्प छैन । नदी नियन्त्रणका लागि बजेट बिनियोजन गर्न प्रदेश र संघ सरकारसँग पहल गरिरहेका छौं ।’

 

Himal dental
सम्बन्धित
Loading...