
कञ्चनपुरका एमाले नेताहरुले भेटे प्रधानमन्त्री ओली, स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्न आग्रह

महेन्द्रनगर । एमाले नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहिद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक संसदको चालु अधिवेशनबाट पारित गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीसित भेटघाट गर्दै उनीहरले विश्वविद्यालय विधेयश पारित गर्न लगायत जिल्लाका ठूला विकास योजना, बाढी डुबान समस्या समाधान लगायत विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका हुन् ।


प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयको विधेयकलाई चालु अधिवेशनबाट पास गर्न, बाढीले पु¥याएको क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण र राहत वितरण गर्न, महाकाली करिडोरमा बजेट बढाउन, सुख्खा बन्दरगाहको छिटो निर्माण, मझगाँउ एयरपोर्ट पुनः सञ्चालन र गड्डाचौकी सीमाबाट आँउदा गरिने अनावश्यक नियन्त्रणका लागि पहल गर्न पर्ने लगायतका विषय उठाएका छन् ।
