ghar sansar

एभरेष्ट सहकारी १७ औं वर्षमा, १६ औं वार्षिक साधारण सम्पन्न

khasi

महेन्द्रनगर । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.भीमदत्त १८ कञ्चनपुरको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र सिह साउदको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा भीदत्तनगरपालिकाका सहकारी इकाई प्रमुख विमला भाट प्रमुख अतिथि थिइन् ।

साधारण सभामा आ.व.२०८०÷८१ को २७ करोड ८१ लाख ८२ हजार ६सय ८४ रुपैयाको आय ब्यय प्रस्तुत गरियो । यसै गरी आ.व.२०८१।८२ को २८करोड ३७ लाख ५१ हजार रुपैया बराबरको अनुमानित आयब्यय प्रस्तुत गरिएको छ ।

शेयर पुजी २ करोड ५३ लाख ८७ हजार ६ सय रुपैया रहेको सहकारी संस्थामा आ.व. २०८०÷८१ मा कर्जा लगानीतर्फ ५ करोड ३२ लाख ०६ हजार २ सय ६९ रुपैया तथा बचत संकलन तर्फ ५ करोड १२ लाख १९ हजार ८ सय १४ रहेको छ ।

कार्यक्रममा सहकारीका ब्यवस्थापक मदन सिह धामीले संस्थाले आफना सदस्यलाई कर्जा लगानीमा सुरक्षा अपनाउँदै कर्जा बीमा अनिवार्य गरेको र भीमदत्त नगरपालिकाका सबै वडाहरु र बेदकोट नगरपालिकाका केही वडाहरुमा आफनो कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई बचत तथा कर्जाका माध्यमबाट जिविकोपार्जनमा सहयोग पु¥याइरहेको बताए ।

साधारण सभामा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णु प्रसाद बोकटीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे । यसैगरी अध्यक्ष साउदले संस्थाले समय समयमा जेष्ठ नागरिक असाय बालकालिकाहरुलाई विभिन्न रुपमा सहयोग गरि सामाजिक कार्य समेत गर्दै आइरहेको बताए ।

कार्यक्रमका भाटले सहकारीले गरेको प्रगतिको प्रशंसा गर्दै अझै मध्यम आय भएकाहरुको जिवनस्तरमा सुधार ल्याउनु पर्नेमा जोड दिइन् । स–सानो पूँजीलाई संकलन गरी सदस्यहरुलाई समस्या पर्दा सहकारीले गर्ने सहयोग अतुलनिय हुने बताइन् ।

dirghayi clinic

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक महेन्द्रनगर शाखा प्रमुख नविन क्षेत्रीले विगत केही समयदेखि सहकारी क्षेत्रमा समस्याहरु आइरहेकोले संस्थाले विभिन्न वित्तिय नीतिहरु लागू गरी सुरक्षित कर्जा लगानी गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थामा बचत तथा कर्जा कारोबारमा उत्कृष्ट कार्य गरी आर्थिक कारोबार गर्ने ९ जना आफ्ना सदस्यहरुलाई सम्मानित गरेको छ ।

सम्मानित हुनेमा उत्कृष्ट बचतकर्ता तर्फ गणेश बहादुर बोहरा,भुपेन्द्र प्रसाद भट्ट,हर्क बहादुर भाट, नरेन्द्र प्रसाद पाण्डे्य तथा उत्कृष्ट ऋणिहरुमा विरेन्द्र चौधरी,.राजेन्द्र ऐर,केशब गिरी, विर बहादुर बुढा र .मुकेश कुमार रावल छन् ।

यस्तै गरी बजाप्रतिनिधि तर्फबाट लीला कंडेल धामीलाई सर्वोत्कृष्ट तथा नवराज जोशी र पुजा कुवँरलाई उत्कृष्ट कर्मचारीको रुपमा प्रशंसा पत्र प्रदान गरिएको छ ।

साधारण सभाले आगामी दुई वर्षका लागि सचिव पदमा सिता जोशी कोषाध्यक्षमा हरिदत्त भट्ट र लोकराज ओझालाई सदस्यमा चयन गरेको छ ।

राष्ट्रिय सहकारी बैंक महेन्द्रनगर शाखा प्रुमख क्षेत्री, नेप्mसकुन महेन्द्रनगर शाखा प्रमुख यम बहादुर डांगी तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी झलारी शाखा प्रमुख नवराज जोशी विशिष्ट अतिथि थिए ।

आगामी दिनमा संस्थाले आप्mनो कार्यक्षेत्र भित्र रहेका ग्रामीण क्षेत्रमा समेत आर्थिक कारोबार वृद्धि गर्दै जाने संस्थाका अध्यक्ष सुरेन्द्र साउदले बताए ।

Himal dental
सम्बन्धित
Loading...