ghar sansar

पूर्व गृह मन्त्री लामिछानेले सहकारी छानबिन संसदीय समितिलाई शुक्रबार दिदैँ छन् बयान

little buddha academy
khasi

महेन्द्रनगर । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ ।

dirghayi clinic

लामिछानेलाई शुक्रवार बस्ने समिति बैठकमा बयानका लागि बोलाइएको सभापति सूर्य थापाले बताए । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ ।

बैठक शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि शुक्रवार नै बोलाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...