

महेन्द्रनगर । कञ्चनपुरमा साढे ४ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ ।

शनिबार र आइतबार गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले तीन लाख ५ हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख २१ हजार ७१० र प्रहरी चौकी परासनले २७ हजार ९६० गरेर ४ लाख ५४ हजार ६७० मूल्यको अबैध सामान बरामद गरेको हो ।

चिनी, टेबुल, प्याज, तेल, नम्बर प्लेट, लेडिज ब्याग, काटा, रबर, बिन्दी, पाउडर, टप, नम्वर प्लेट नभएको एक थान मोटरसाइकल, एक थान स्कुटर साडी, चप्पल, जुत्ता, डाइरी, लेमिनेसन पेपर, डकुमेन्ट फईल, रिफिल र स्टेसनरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

