ghar sansar

काँग्रेस एमाले मिल्न अनौठो होइन : परराष्ट्र मन्त्री राणा

khasi

महेन्द्रनगर । परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन्। कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।

’देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ,’ उनले भनिन्, ’सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो। स्थिर सरकारकै लागि हामी मिलेका हौं ।’

dirghayi clinic

मन्त्री राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन्। तर, संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भन्नुभएको र धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको जिज्ञासामा उनेले भनिन्, ’बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु। प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।’

उनले काग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् ।

Himal dental
सम्बन्धित
Loading...