ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा सुरु, महासंघ उपाध्यक्ष सेठीले गरे उद्घाटन

khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको २७ औं वार्षिक साधारण सभा संघको सभा कक्षमा सुरु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठीले साधारण सभा उद्घाटन गरेका छन् ।

dirghayi clinic

साधारण सभाको उद्घाटन समारोहको अध्यक्षतामा संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले गरेका छन् । उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रममा अहिले शुभ कामना मन्तव्य जारी छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कमलेश कपाडी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल, निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष घनश्याम पाठक, निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष टेक बहादुर महुरा, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हेम बिक्रम थापा, कञ्चनपुर होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष जगदीशचन्द्र भट्ट, कञ्चनपुर हार्डवेयर तथा निर्माण व्यवसायी संघका महासचिव रामदत्त भट्ट लगायतले शुभकामना मन्तव्य दिएका छन् ।

कार्यक्रममा संघका महासचिव योगेन्द्र ठकुराठीले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उद्घाटन समारोहपछि बन्द सत्र सुरु हुने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले जानकारी दिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...