

महेन्द्रनगर । गृह मन्त्री रमेश लेखक मंगलबार गृह जिल्ला कञ्चनपुर आउन लागेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद काँग्रेस केन्द्रीय सदस्य लेखक गृह मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् ।

काँग्रेस र एमालेबीच नयाँ सत्ता गठबन्धन भएपछि लेखक गृह मन्त्री भएका हुन् । नेपाली काँग्रेस कञ्चनपुरले गृह मन्त्री लेखकको पार्टीको कार्यक्रम सार्वजनिक गरेको छ ।
काँग्रेस जिल्ला सचिव भीमराज भट्टले विज्ञप्ति जारी गरी गृह मन्त्री लेखकको पार्टी कार्यक्रम सम्बन्धि जानकारी सार्वजनिक गरेका छन् ।

