ghar sansar

धान बालीमा रोगैरोग, किसानलाई सखाप हुने चिन्ता

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा रोपेको एक महिना नपुग्दै धान बालीमा रोग किराको प्रकोप देखा परेको छ। धान रोपेको एक महिना नपुग्दै धान बालीमा खैरा रोगसँगै गबारो र पात बेरुवा किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।

धानबालीमा रोग र किराकै कारण यस वर्ष धानको उब्जनीमा पनि कमी आउने भन्दै किसान चिन्तित बनेका हुन्। यस वर्ष मनसुन भित्रिन ढिलाइ हुँदा किसानले ढिलो गरी धान रोपाइ गरेका थिए। तर धान बालीमा खैरा रोगसँगै गबारो र पात बेरुवा किराको प्रकोप देखिएको किसान हरिकृष्ण ओझाले बताए ।

,orning glory badhai
dirghayi clinic

पात बेरुवा किराको सङ्क्रमण देखिएमा बेरिएका पातहरूमा भएको हरियो पदार्थ किराले खाएर सुरुमा पात सेतो रङ्गको देखिने र अन्त्यमा जालेदार हुँदै नष्ट हुने गरेको उनले बताए। धानमा लाग्ने खैरा रोग मुख्यतया धानको पातमा फैलिन्छ ।

खाद्यतत्वको कमी भएका खेतबारीमा बोटले पाउनुपर्ने जिङ्कको मात्रामा कमी आएपछि खैरा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसार अधिकृत हरिदत्त जोशीले बताए । ‘किसानको धानबाली नै सखाप पार्ने किसमले समस्या देखिएको छैन्। बेलौरी, पुनर्वास र दोधारा–चाँदनीतिर यस्तो समस्या देखिएको छ। तर उत्पादनमा ठुलो नोक्सानी हुने गरेर खैरा रोग र गवारो किराको प्रकोप देखिएको छैन् ।’

यस्तो समस्या लिएर आउने कृषकलाई रोग किराको प्रकोप न्यूनीकरण गर्न विभिन्न उपाय सुझाउने गरिएको छ । पानी जम्मा नहुने सुख्खा ठाउँमा रासायनिक मल प्रयोग गरिएको खेतमा गबारोको समस्या बढी देखिएको किसानको गुनासो छ ।

समय–समयमा माटो परीक्षण, प्रतिरोधी जातका धानको खेती, खेतबारीको सरसफाइ, सन्तुलित मल र प्रभावकारी कीटनाशकहरूको प्रयोगबाट रोग किरा नियन्त्रण गर्न सकिने कृषि प्रसार अधिकृत जोशीको भनाइ छ। कञ्चनपुरमा ४८ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...