महेन्द्रनगर । कञ्चनपुरमा सशस्त्र प्रहरीले एकै दिन ५९ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
भीमदत्त नगरपालिका–३ को भाँसीमा रहेको आनन्द टोलको सिद्धार्थ इन्जिनीयरिङ्ग अटो वर्कसप पछाडिबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलील ५९ लाख १८ हजार २ सय मुल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरीले सामान बरामद गरेको हो । शैलेश्वरी गणका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द र बिओपि जिमुवाका सशस्त्र प्रहरी नायव निरीक्षक भरत बहादुर चन्द नेतृत्वको संयुक्त टोलीले बेवारिसे अवस्थामा उक्त सामान फेला पारी बरामद गरेको हो ।
बरामद गरिएको सामानमा मोबाईल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्स, कपडा रहेका छन्। बरामद गरिएका सामान कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।