ghar sansar

चुनावी वाचा पूरा गर्दै कृष्णपुरका मेयर, ज्योति सुरक्षा कार्यक्रम आयो सञ्चालनमा

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले वासिन्दाका लागि ज्योति सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । गत बर्षदेखि स्थानीय सरकारले नगरबासीको आँखा(अर्थात) ज्योति सुरक्षाको कार्यक्रम ल्याएको थियो ।

गत बर्षकै योजना चालु आर्थिक बर्षमा पनि शुरुवात गरेको छ । कुनै पनि व्यक्ति आँखा(ज्योति) बिना उनको जीवन नै अन्धकार हुने भएकाले स्थानीय सरकारले ज्योति सुरक्षा कार्यक्रम ल्याएको हो ।

कृष्णपुरका मेयर हेमराज ओझाले चुनावकै बेला जनतासग गरेको बाचा अनुरुप नागरिकको स्वास्थ्य सुरक्षादेखि ज्योति सुरक्षाका लागि उक्त कार्यक्रम ल्याएको बताए । ‘गत बर्ष हामीले साढे ५ हजार नागरिकलाई निःशुल्क सेवा दिएका थियौँ, ‘मेयर ओझाले भने, ‘यस बर्षपनि गत बर्ष भन्दा बढी नागरिकलाई सेवा दिन्छौँ ।’

नगरको दक्षिण ग्रामिण बस्ती राजघाटदेखि शुरुवात गरिएको उक्त निःशुल्क आँखा शिबिर उत्तर कुमगडा दुर्गमबस्ती पुगेर समापन गरिने मेयर ओझाले बताए ।

dirghayi clinic

मेयर ओझाले शहरदेखि केही टाढा र आर्थिक स्थिती कमजोर भएका नागरिकहरुलाई लक्षित गर्दै शुरु गरिएको आखाँ शिविरले सामान्य चेकजाँच तथा चस्मा वितरण गर्ने काम गाउँ टोलमै गर्ने बताए ।

‘बढी पावर भएको चस्मा लगाउनुपर्ने अथवा आखाँको सल्यक्रिया गर्नुपर्ने भएहामीले धनगढी स्थित धनगढी नेत्रालय पठाउने छौँ, ‘उता निशुल्क सल्यक्रिया गर्नुका साथै नेत्रालयसम्म पुग्न लागेको गाडी भाडा समेत हामीले ब्यहोर्ने छौँ ।’

सोमबारदेखि कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटदेखि उक्त निःशुल्क आँखा स्वास्थ्य शिबिरको शुरुवात गरिएको छ ।

आधारभुत स्वास्थ्य केन्द्र राजघाटमा चलेको निशुल्क आँखा शिविरमा आखाँ जाचँ गर्न राजघाटकै ८७ बर्षिय गणेश प्रसाद ओझा पुगेका थिए । एउटा आखाँको सल्यकृया गरिसकेका ओझा नजर कम भएपछि अर्को आखाँको चेकजाचँका लागी शिविरमा पुगेका थिए ।

आखाँको सामान्य जाचँपछि उनलाई सल्यक्रियाका लागी धनगढी नेत्रालय जान चिकित्सकले सुझाव दिए । आखाँको सामान्य चेकजाचँ गर्दा सल्यक्रिया गर्नुपर्ने देखिएको छ सके भोलीनै नेत्रालय जान उनलाई चिकित्सकले भनेका थिए । सरकारका सेवा निवृत कर्मचारी समेत रहेका ओझा आखाँ सम्बन्धी चेकजाचँमा पैसा नलाएपछि दगं थिए ।

स्थानीय गणेस सिहंले शिविरबाट धेरै नगरबासी लाभाम्बित हुने बताए । अस्पतालसम्मको पहुँच नभएकै कारण आखाँ सम्बन्धी रोग लुकाएर राख्नुपर्ने अवस्थाको समेत यो शिविरले अन्त्य गर्ने उनको भनाई छ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मध्यनजर गर्दै कृष्णपुर नगरपालिकाले ९ वडाका १५ स्थानमा आँखा शिविर राख्दै छ ।

Himal dental
सम्बन्धित
Loading...