ghar sansar

नागरिकलाई सेवा प्रदान सरकारको पहिलो प्राथमिकता : गृह मन्त्री लेखक

khasi

महेन्द्रनगर । गृह मन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले प्रहरीको सुविधा सम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए ।

dirghayi clinic

’अहिले प्रहरीले सीमित स्रोतसाधनमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ’नवनिर्मित भवनले सेवा प्रवाहमा सहज हुनेछ ।’

उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि समेत अब्बल बनाउनु पर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नु परेको उनको भनाइ थियो ।

Himal dental
सम्बन्धित
Loading...