
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्कीले बजेट छिटो ल्याउने गरी तयारी थालिएको बताएका छन् । उनले छिटो भन्दा छिटो बजेट आउने बताए ।
१६ औं हलिया मुक्ति दिवसको अवसरमा राष्ट्रिय मुक्त हलिया समाज महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री सार्कीले ठूला र बहु वर्षिय योजना बजेटमा समावेश गरिएको उल्लेख गरे । बजेमा २५ लाख माथिका योजना मात्रै समावेश गरिने मन्त्री सार्कीले बताए ।

कार्यक्रममा उनले सरकारलाई ११ अर्ब दायित्व भएको र चालु आर्थिक वर्षका लागि १३ अर्ब बजेट मात्रै चलाउनु पर्ने किसिमको हुने बताए ।
मन्त्री सार्कीले दलित, अपाङ्गता भएका व्यक्ति र महिलाका योजनालाई प्राथमिकता दिने उल्लेख गर्दै त्यसका लागि उद्योग व्यवसाय गर्न चाहने व्यक्तिलाई सहयोग गरिने बताए ।
मन्त्री सार्कीले आफू हलिया, हलिया, मुक्त कमैया लगायतका कमजोर समुदाय सम्बोधनका लागि आफू नीतिगत रुपमा लडाई लडि रहेको बताए ।
