

महेन्द्रनगर । नेकपा (एमाले) नेता डा. भिम रावल सुदूरपश्चिम प्रदेश आएका छन् । प्रदेशका विभिन्न जिल्लामा आफ्ना समर्थक भेट्न रावल यहाँ आएका हुन् ।

गेटा बिमानस्थलमा उनलाई समर्थकहरुले स्वागत गरेका छन् । एअरपोर्टमा पूर्व मन्त्री कृष्णराज सुबेदी, अछाम एमालेका नेता प्रकश शाहले रावललाई स्वागत गरेका छन् । रावल अछामसम्म पुग्ने कार्यक्रम रहेको बुझिएको छ । रावलको यो पटक को भ्रमणलाई अर्थपुर्ण रूपमा लिइएको छ ।

रावल एमालेभित्र रहन्छन् कि नयाँ पार्टी खोल्छन् भन्ने चर्चा पछिल्ला दिनमा पेचिलो बन्दै गएको छ । एमाले भित्र रावल अहिले कुनै जिम्मेवारीमा छैनन् ।
