ghar sansar

तिज पर्वमा मौलाएको उपभोक्तावाद

dirghayu ad

-पवित्रा सुनार

‘सहरमा एक महिनादेखि तिज लागेको छ’,‘महिलाह? एक महिनाभरी तिजमा व्यस्त छन’, तिजमा कस्तो बिकृति भित्रियो’ ‘पहिला त तीन दिन मात्र तिज मनाइन्थ्यो अहिले एक महिनासम्म पनि तिज ’यी चर्चाह? पछिल्लो वर्षह?मा जताततै सुनिन्छ । महिला अधिकारको पक्षमा सचेत वर्गले ‘तिज पर्व मनाएर महिलाह?ले महिला माथि विभेद गर्ने पर्वको संरक्षण गरिरहेछन’ यी आजभोलि तिजको बिषयमा जहाँ पनि सुनिने टिकाटिप्पणी हुन ।

ratnam malkhad

यी टिप्पणीको पछि केही गम्भिर सवालह? अवश्य छन । पहिलाको समाजमा हरेक पर्व आँखा चिम्लेर मनाउने चलन थियो । सूचनाको पहुँच, सामाजिक जागरण र महिला सशक्तिकरणसंगै पछिल्लो वर्षह?मा तिज पर्वको बिषयमा वहस हुन थालेको छ । तिजमा आएको परिवर्तन र शैलीको बिषयमा बहस गर्नेह? कम छन भने हुवहु मनाउने जमात अहिले पनि धेरै छ । तिज के हो ? यसको पौराणिक र सामाजिक पक्ष के हो ? यसले निम्ताएको आर्थिक पक्ष कता तिर जाँदैछ ? यी मध्ये केही चर्चाह? अहिलेको चुरो बिषय हुन । जसले महिला अधिकार, सामाजिक÷सांस्कृतिक संरक्षण र वैज्ञानिक पक्षलाई संबोधन गर्न सक्छन ।

हिन्दु शास्त्र अनुसार बिष्णु भगवानसंग विवाह गरिदिने कुरा मन नपरेपछि पार्वतीले राम्रो पति पाउँ भनी जंङ्गलमा गएर सयौ दिन तपस्या गरिन । यति गर्दा पनि राम्रो पति नपाएपछि उनी भाद्र शुक्ल तृतियाको दिन निराहार व्रत बसिन । व्रत बसेपछि शिवजी प्रकट भएर उनको शिवजीसंग विवाह भयो । त्यही दिनलाई बर्षौैदेखि हरितालिका तिजलाई पर्वको ?पमा मनाउन थालियो भन्ने मान्यता छ । यो मान्यताले अहिलेको विकसित समाजमा पनि उत्तिकै स्थान पाइरहेको देखिन्छ ।

कुनै पनि चाड पर्व मानव सभ्यताको बिभिन्न कालखण्डमा बिकसित मान्यताह? ह्ुन । अर्थात पर्वह? मानव निर्मित सभ्यता हुन । सभ्यता पनि परिवर्तनशिल हुन्छ । हरेक सभ्यता र संंस्कृतिमा ?पान्तरण हुँदै आएको देखिन्छ । तिज पर्वमा पनि ?पान्तरण देखिन्छ । जस्तो कि पहिला बर्षौं माइत आउन नपाएकी चेलीको लागि तिज पर्व राहत बन्थ्यो । अहिले सहरदेखि गाउँसम्म तिज महिनौ मनाउने गरेको देखिन्छ । यो एउटै तर महिनौ दिन मनाएको नभइ हरेक संघसंस्थाले महिलाह?लाई सम्मान प्रकट गरेको जस्तो, एकताभाव झल्काए जस्तो देखिन्छ । तर यी परिवर्तनह?मा हुनु पर्ने परिवर्तन भन्दा केही नहुनु पर्ने परिवर्तन भएको देखिन्छ ।

अहिलेको विकसित स्व?पको तिजमा एउटै महिला धेरै ठाउँमा सहभागी हुनु पर्दा समय उत्पादन कार्यमा प्रयोग हुुनुको सट्टा खेर गएको देखिन्छ । यो अर्थमा तिज पर्वको अवधि छोट्टाउनु पर्ने देखिन्छ । यसरी महिनौ दिन तिज मनाउँदा परिवारमा आर्थिक भार पनि थपिंदै गएको छ । हिंजो कपन जाँदा म चढेको इनड्राइभको चालकले तिजमा हिंडेका महिलाह? बाटोमा देखेपछि भने, ‘तिज पनि महिना दिन, रमाउन त ठिकै हो, कमाउन कस्तो गाह«ो छ ’ । ती चालकले तिज पर्वको नाममा बढ्दैै गएको खर्चलाई इंगित गर्दै त्यसोे भनेका हुन ।

शहर होस या गाउँ सीमित सम्पन्न बर्गका महिला बाहेक धेरै जसो महिलाह? दोहोरो जिम्मेवारीको मारमा परेका छन । कार्यालयदेखि घर दुवै ठाउँको कामको बोझले थकित देखिन्छन । तिजको नाममा हुने जमघट र पे्रम भावले उनीह?मा उत्सवमय समयको अवसर प्रदान गरेको देखिन्छ । सामाजिक सञ्जालको प्रभाव स्व?प अहिले तिज विश्वभरी मनाउन थालिएको छ । जहाँ नेपालीह? पुगेका छन् । यो चलनले नेपाली सभ्यता विश्वभरी पहिचान भएको देखिन्छ ।

दोस्रो पक्ष भनेको यी पर्वह? मनाउँदा महिलाह?ले सामाजिक सञ्जालको प्रभाव, समााजिक सञ्जालमा उत्पादक कम्पनीह?ले गर्ने आकर्षक विज्ञापनको कारण तिज या कुनै पनि पर्वमा महिलाह? उपभोक्तावादी बन्दै गएको देखिन्छ । उपभाक्तावादले आवश्यकता भन्दा बढी उपभोग गर्न उत्प्रेरित गर्छ ।

आवश्यकता भन्दा बढी लुगा किन्ने र लगाउने, कतिपय ठाउँमा जमघटमा भेला हुने सवै दिदी बहिनीह?ले एकै खालका सारी चोलो लगाउने चलन पनि विकसित भएको देखिन्छ । यसरी लगाइएका लुगाह? अन्य समयमा पनि प्रयोग गर्न नमिल्ने खालका र नमिल्ने रङका भएकाले वर्षभरी यसको खासै उपयोग हुँदैन ।

अर्कातिर तिर अहिले पर्व र जमघटमा लगाइएका लुगाह? अर्को पटकको तिजमा नलगाउने, सकेसम्म नयाँ नै किन्ने चलनले अघोषित ?पमा परिवारमा आर्थिक भार थपिएर पैसाको दु?पयोग भएको देखिन्छ । हरेक क्रियाकलापको तस्विर सामाजिक सञ्जालमा राख्ने चलनले घरभित्रको दुःखसुःख सवै सञ्जालमा देखिने जोखिम बढेको छ । यसले महिलाह?लाई नजानिंदो ?पमा उपभोक्तावादी संस्कृतितिर धकेलिरहेछ । यतिसम्म देखेको छु महिलाह? हरेक कार्यक्रममा जाँदा नयाँ लुगा किन्ने र किन्न नसकेमा हीनताबोध गर्ने ।

यो देखासिकीको प्रभाव दैनिक जीवन चलाउने हम्मे पर्ने परिवारका महिलाह?मा समेत पर्दै गएको छ । जसको कारण स्वस्थ खाने कुरा भन्दा बढी खर्च फेसन देखाउने होडवाजी र पहिरनमा हुँदै गएको छ । यसको असर अन्तिममा महिला या उनीह?को परिवारमा परेको हुन्छ । जुन पैसा हामीले अर्को उपयोेगी काममा प्रयोग गर्न सक्थ्यौं । उपभोक्तावादी चरित्रले सिर्जना र उत्पादनमा भन्दा बढी कमाइको गलत बाटोमा पनि उत्पे्ररित गर्छ र व्यक्तिको सिर्जनशिलतालाई भुत्ते बनाउँदै लैजान्छ ।

तिज हुनु पर्ने परिवर्तन भनेको ब्रत बसेर मात्र पति पाउन सकिन्छ भन्ने पौराणिक मान्यतको अन्त्य हुनु पर्र्छ । तर यसमा पुर्ण ?पमा परिवर्तन आउन सकेको छैन । अहिले पनि विवाहित र अविवाहित दुवै महिलाह? तिजको ब्रत बस्ने गर्छन । तिजमा लिइने ब्रतले सिधै असल पति पाइने या पतिप्रति भक्तिभाव प्रकट गर्ने ब्रतको ?पमा बुझिन्छ । तिजकै दिन ब्रत बसेर असल पति पाइन्छ र पति प्रति भक्तिभाव प्रकट हुन्छ भन्ने कुरा यथार्थपरक छैन । मैले कुनै पनि पर्व देखेको छैन जुन नारी प्राप्तिको लागि पु?षले ब्रत बसेको होस । ब्रत बस्दैमा असल पति पाउने कुरा निराधार कुरा हनु । नेपाली समाजमा ब्रत बस्ने महिलाह? नै घरेलु हिंसा, महिला हिंसाले प्रताडित बनेको थुपेै्र घटना छन् । जो महिलाह? सदियौदेखिको परम्परालाई संरक्षण गर्दै पतिको पूजा गर्ने, खुट्टा ढोग्ने गरेका हुन्छन । उनीह? नै घरेलु हिंसाको मारमा परेका देखिन्छ । महिला होस या पु?ष दुवैको क्षमता र सौन्दर्यको आधार उनीह?को शिक्षा, चेतना र आर्थिक उत्पादनले निर्धारण गर्छ । यी क्षमता सहितको पति प्राप्तिको लागि स्वयं महिलाको क्षमताले पनि महत्व राख्छ । पे्रम या विवाह समान गुण र समान क्षमताका मेलह? हुन ताकि ब्रत बस्ने नारी र ब्रत बसेको नारी खोज्ने पु?ष वीचको सम्वन्ध ।

विवाहमा तिजमा ब्रत बसेका महिला छन या छैनन भन्ने कुराले खासै अर्र्थै राख्दैन । आजको वैज्ञानिक र आर्थिक विश्वमा महिला र पु?ष वीचको पे्रम र विवाहमा प्रभाव पार्ने पक्ष भनेको समान हैसियत, गुण ,असल आचरण नै हुन । पति पाउनको लागि महिलाले मात्र ब्रत बस्नु पर्छ, महिला मात्र पाइन्छ, पु?ष पाइँदैन भनेर गलत भाष्य तिज पर्वभित्रको पौेराणिक मान्यताले बोकेको हुनाले यी कुरालाई छोडेर तिज पर्व मनाउन सकिन्छ । स्वस्थ भोजन, मिठो जमघट र नाचगान सहितको तिजले महिलाको जीवनलाई उत्सवमय बनाउँछ । तर योसंग जोडिएका गलत पक्षलाई महिलाले छोडेर समतामुलक पर्वमा ?पान्तरण गर्न सकिन्छ ।

तिजमा ब्रत बसेमा स्वास्थ्यको लागि फाइदा हुन्छ भनेर तर्क गर्ने महिलाह? पनि छन । तर स्वस्थ हुनको लागि पुरै निराहार ब्रत किन बस्नु प¥यो ? किन शक्तिशाली पु?षको प्रति मुर्तिकै पूजा गर्नु प¥यो ? हामीले तिजको ब्रत नभनी पनि कम खान सक्छौ, तिजको ब्रत नभनी, असल पति पाउनकै लागि नभनी ब्रत बस्न सक्छौ । असल आचरण र क्षमतावान भएपछि असल पति उसै मिल्छन । किनकि पतिलाई पनि असल र क्षमतावान पत्नी आवश्यक परेको हुन्छ ।

हरेक सभ्यता परिवर्तनशिल छन । उसैगरी सांस्कृतिक पर्वह? । तिजभित्र मौलाएको उभोक्तावादी व्यवहार,बिकृति र अहिले पनि बिद्यमान ?ढीवादी धर्रालाई हटाएर तिज मनाउन सकेमा यो पर्व छोरी छोरी र माइती वीचको दूरी कम गर्ने,महिलाह?लाई आरम गर्ने र उत्सव मनाउने अवसर प्रदान गर्छ भने देशको लागि सभ्यता फैलाउने अवसर प्रदान गर्छ । तिजलाई बैज्ञानिक, सभ्य र भब्य ?पमा मनाउने चलनतिर ध्यान दिउँ । न कि सामाजिक सञ्जालको प्रभावमा परी उपभोक्तावादी बन्ने ।

(लेखक नागरिक दैनिकका पत्रकार हुन् )

 

Himal dental
सम्बन्धित
Loading...