

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ मा टोल स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । ६ ओटै टोलका खेलाडीबीच गरिएको प्रतियोगितामा बैजनाथ टोल पिपरैया बिजेता(ट्रफी तथा नगद १० हजार) र शिव नगर टोल बडैपुर उप विजेता (ट्रफी तथा ४ हजार )बनेको छ ।


म्यान अफ द म्याच नवीन बोहरा,वेस्ट ब्याट्समेन सुरज ठगुन्ना,म्यान अफ द सिरिज राजेश ठगुन्ना,उदायीमान खेलाडीमा बैजनाथ टोलका निसान्त भट्ट र बेस्ट क्याच मा शिवनगर टोलका निसान्त भट्ट बन्न सफल भएका छन ।भी न पा १६ का वडाध्यक्ष केशब बहादुर बिष्ट को प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा १३ का वडाध्यक्ष राम बहादुर बोहरा को अध्यक्षता रहेको कार्यक्रममा वडा सदस्यहरु हरिश साउद ,दिपक बुढा,नेकपा एमाले वडा कमिटी अध्यक्ष महेश भट्ट,टोल विकास संस्थाका अध्यक्षहरु,युवा ब्यवसायी भोज ठगुन्ना लगायत को उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्ट ले युवाहरुले अतिरिक्त समयको सदुपयोग विभिन्न कुलत बाट टाढा रहेर खेलकुद मा जोड दिनु राम्रो पक्ष भएको जनाए ।
वडाध्यक्ष बोहराले युवाहरुले सबै टोलका खेलाडीहरु एकवद्द भएर आगामी दिनहरुमा पनि यस्ता कार्यक्रममा आफ्नो सहयोग रहने बताए ।
