ghar sansar

लिजामा सुदूरपश्चिम प्रदेशमै प्रथम शुक्लाफाँटाका मेयर महरालाई समन्वय समितिको सम्मान

janjyoti campus

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकालाई मेयर रण बहादुर महरालाई सम्मान गरेको छ । समितिको नवौ जिल्ला सभामा मेयर महरालाई सम्मान गरिएको छ ।

western public academy
dirhayu

आर्थिक वर्ष २०७९÷०८० मा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन(लिजा) मा ८५ दशमलव २५ अंक ल्याएर शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशमै प्रथम भएको थियो । समन्वय समितिले लिजामा शुक्लाफाँटा प्रथम भएपछि मेयर महरालाई सम्मान गरेको हो ।

जिल्ला सभामा समन्वय प्रमुख दुर्गादत्त बोहराले मेयर महरालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । महरा २०७९ को स्थानीय तह निर्वाचनबाट शुक्लाफाँटाको मेयर भएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...