

महेन्द्रनगर । नेकपा एमाले पार्टी केन्द्रीय स्कुल विभागको आयोजनामा नेकपा एमाले कञ्चनपुरले जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तीने प्रशिक्षण सोमबारबाट महेन्द्रनगरमा सुरु भएको हो ।
कार्यक्रमको पहिलो दिन नेकपा एमालेका उप महासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले प्रशिक्षण दिई रहेका छन् । उप महासचिव ज्ञवालीले महाधिवेशनद्वारा पारित नीति, कार्यक्रम र कार्यदिशाबारे प्रशिक्षण दिनेछन ।

त्यस्तै सोमबार केन्द्रीय स्कुल विभागका सचिव धनश्याम कोईरालाले प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप र शैलीबारे प्रशिक्षण दिने कार्यक्रम छ ।त्यस्तै मंगलबार एमाले केन्द्रीय सचिव लेखराज भट्टको प्रशिक्षण रहने एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले बताए । उनका अनुसार कार्यक्रम असोज २ गतेसम्म चल्ने छ ।
प्रशिक्षणमा जिल्ला कमिटिका सदस्यहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । प्रशिक्षणपछि नेताहरुलाई वडा तथा नगरस्तरीय प्रशिक्षण कार्यक्रममा पठाईने छ । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एक सय ३९ जनाको सहभागीता रहने एमाले कञ्चनपुरले जनाएको छ ।
प्रशिक्षण जिल्ला कमिटिका सदस्यलाई दायित्वबोध सम्बन्धी केन्द्रीत हुनेछ । त्यस्तै तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बिहीबार एमाले पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावल, निरुदेवि पाललगायतका नेताहरुले प्रशिक्षण दिनेछन् ।
