ghar sansar

सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ९८ करोडको बजेट पेश

little buddha academy
khasi

महेन्द्रनगर । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ९८ करोड २८ लाखको बजेट प्रस्तुत गरिएको छ ।

dirghayi clinic

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गरेका हुन् । अधिकांश पुरानै योजनालाई सामावेश गरेर सुदूरपश्चिमको बजेट चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि प्रदेश सभामा पेस गरिएको हो ।

,orning glory badhai

प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार अर्थात कुल विनियोजित बजेटको ४० दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार अर्थात ५९ दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ भने एक करोड बजेट विनियोजन गरिएको छ ।

एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वमा रहेको अघिल्लो सरकारले चालु आर्थिक वर्षका लागि असार १ गते ३१ अर्ब ६२ करोडको बजेट पेस गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...