ghar sansar

प्रधानमन्त्री ओली न्यूयोर्कमा

khasi

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क पुगेका छन्। उनी नेपाली समय अनुसार शनिबार बिहान न्यूयोर्क अवतरण गरेका हुन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्न २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार प्रस्थान गरेका थिए ।

dirghayi clinic

उनलाई राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा, नियोग उपप्रमुख कौशल किशोर राय, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका प्रमुख चक्र सुवेदीलगायतले जोन एफ केनेडी विमानस्थलमा स्वागत गरे ।

महासभादेखि समिट अफ द फ्युचरसहित अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले ७ वटा कार्यक्रममा सम्बोधन गर्नेछन् । यस्तै एक दर्जनभन्दा बढी साइडलाइन भेटवार्ता तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । उनले राष्ट्रसंघको महासभालाई असोज १० मा सम्बोधन गर्नेछन् ।

Himal dental
सम्बन्धित
Loading...