ghar sansar

बेदकोट नम्बर ९ वडा कार्यालयले दियो सुन्दरपुुर खेलकूद विकास समितिलाई खेल सामाग्री

dirghayu ad

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ नम्बर वडा कार्यालयले सुन्दरपुर खेलकुद विकास संस्थालाई ५० हजार मूल्य बराबरको खेल सामाग्री हस्तान्तरण गरेको छ ।

वडा कार्यालयले हरेक वर्ष सुन्दरपुर खेलकुद विकास संस्थालाई सहयोग गर्दै आईरहेकोमा यस वर्ष पनि निरन्तरता दिएको वडा नम्बर ९ का वडा अध्यक्ष जनक वहादुर विष्टले बताए ।

ratnam malkhad

सुन्दरपुरको एक मात्र खेल मैदान श्री उदयदेव माध्यमिक विद्यालयको खेल मैदान हो । यो मैदानमा अहिले दैनिक रुपमा फुटबल खेलको प्रशिक्षण हुने गर्छ ।

प्रशिक्षणमा आहिले ६० जना पुरुस र ३० जना भन्दा वढि महिला सहभागी हुने गरेको खेलकुद विकास संस्थाका अध्यक्ष विरेन्द्र विष्टले जानकारी दिनु भयो । वडाले हरेक वर्ष सहयोग गरेका हामी खेलाडीहरुको मनोवल बढेको समितिका पदाधिकारीहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...