ghar sansar

राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा चौथो चरणका खेल सुरु

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा चौथो चरणका खेलहरु सुरु भएका छन् । शनिबारबाट वेदकोट नगरपालिका–८, गैलनदीमा सुरु प्रतियोगिताको आइतबार बिहान तेस्रो चरणका खेल सकिएर दिउँसोदेखि चौथो चरणका खेल सुरु भएका हुन् ।

एउटा चरणको खेल सकिन ३ देखि चार घण्टा समय लाग्ने आयोजकले जनाएको छ । नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ ।

बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन भएका छन् ।

dirghayi clinic

यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६९ जना खेलाडी सहभागिता रहेको छ । शनिबार यस प्रतियोगिताका दुई चरणका खेल सम्पन्न भएका छन् ।

नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेको छ।

यी हुन टप टेन खेलाडी

प्रतियोगितामा टप टेन खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । ती चरणको खेल भईसक्दा सम्म ७ खेलाडीले तीन वटै खेल जितेका छन् ।

तीन वटै खेल जित्नेमा प्रकास चन्द्र नेपाल, रुपेश जैसवाल, कृष्ण थापा, पुरुस्तोम सिलवाल, आशिष फुयाल, राजन सुवेदी र बसन्त रावल रहेका छन् । त्यस शिर्ष दशमा क्षितिज भण्डारी, सुरत दहाल र नवीन तन्दुकार परेका छन्। नेकोस प्रतियोगिताका अझै छ वटा चरणका खेल हुनेछन् ।

Himal dental
सम्बन्धित
Loading...