

महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा जारी छैटौँ वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि भीनपा १० ले जितेको छ । सोमबार फाइनल खेलमा भीनपा ७ लाई हराउँदै १० नम्बर वडाको(बि) टिमलाई छैटौँ वडा स्तरिय क्रिकेट प्रतियोगिता हात पारेको छ ।
भीनपा १०(बि)ले भीनपा ७लाई १९३रनको लक्ष्य दिएको थियो । जसमा भीनपा ७ले १२९रतनमै चिन्त बुझाउनुप¥यो । विजेता टिमले नगद १लाख ५५, उपविजेता टिमले ८० हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र दिईएको छ ।



म्याद अफदी म्याच राहिल चन्द, मनोज खडकाले सर्वाधिक रन ५०बलमा ७५रन बनाए । भीनपा १२का वडाध्यक्ष भुपेन्द्र सिह रावलले वडाको खेलकुद बृद्धि विकासदेखि खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ । कार्यक्रममा उप मेयर निलम लेखक जोशी लगायतका सहभागी भएका छन् ।
असोज २० गतेदेखि प्रतियोगि सुरु भएको हो । प्रतियोगितमा भीमदत्त नगरपालिका विभिन्न वडाका २५ टीमले भाग लिएका छन् ।

