ghar sansar

बिमक समिति सुदुरपश्चिम प्रदेश अध्यक्षमा चन्द

little buddha academy
khasi

महेन्द्रनगर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेश बिमक समितिको अध्यक्षमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सर्वसम्मत चयन भएका छन् ।

सोमबार धनगढीमा भएको अभिकर्ता भेलाबाट चन्दलाई अध्यक्षमा चयन गरिएको छ। बिमक समिति नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. केन्द्रीय उपाध्यक्ष जयराज जैशीको अध्यक्षताम ाभएको कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय उपाध्यक्ष दिपक अर्याल प्रमुख अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख नविनकिशोर भट्ट विशिष्ट अतिथि थिए । पेशागत बिमा अभिकर्ता संघ नेपाल सुदूरपश्चिम प्रदेश समिति सचिव धनसिह ठगुन्ना, सदस्य सुशिला देउवा बम, पार्वती नेगि कार्की र बिमक समिति महेन्द्रनगर शाखका अध्यक्ष डम्बर बहादुर बिष्ट, धनगढी शाखाका अध्यक्ष ईश्वर बहादुर चन्द , बिमक समिति केन्द्रीय सदस्य मन्जु भट्ट लगायतका सहभागी भए ।

कार्यक्रममा बिमक समिति महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्ट,पेशागत बिमा अभिकर्ता संघ नेपालका सुदूरपश्चिम प्रदेश सचिव,नेशनल लाईफका प्रदेश प्रमुख नबिन किशोर भट्टले आफ्नो मन्तव्य राखे । पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रीय उपाध्यक्ष दिपक अर्यालले पेशागत संगठन र अभिकर्ता हकहितका बारेमा बोल्दै व्यवशाय प्रवद्र्धन सम्बन्धमा मोटिभेसन समेत गराए ।

प्रदेश सदस्य सुशिला देउवा बमले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले गरेका थिए ।

भेलाबाट गठित चन्द नेतृत्वको समितिमा उपाध्यक्ष जीवन बहादुर बुढा, दुर्गा कुमारी शाह, भैरब भट्ट, सचिव रतन चाड, सह सचिव खडक बहादुर खाति, सह सचिव– बसन्ति चन्द कोषाध्यक्ष गिता मल्ल, सदस्यहरु अन्जु न्यौपाने, शान्त राज ठकुल्ला, सरिता थापा, नवराज अवस्थी, पर्शराम चौधरी चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...