

महेन्द्रनगर । भीमत्त नगरपालिकामा रोजगार सेवा केन्द्र अन्र्तगत श्रम डेस्क सञ्चालन सम्बन्धि कार्यविधि २०८०( पहिलो संशोधन २०८१ अनुसार निर्माण गरिएको कार्यविधि कार्यान्वयनका लागि सरोकारवालासंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखक जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा मेयर पदम बोगटी प्रमुख अतिथि थिए ।


प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमसङ्ग सम्बन्धित शिक्षण सस्थामा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार, दक्ष जनशक्ति उत्पादन गर्नका लागि कम्पनी प्रशिक्षकबाट कक्षा सञ्चालन, र सिटिइभिटीबाट उत्पादित जनशक्ति तथ्याङक अद्यावधिक गरी श्रम बजारसम्म पहुँच वृद्धि गर्ने उद्देश्यले नीति निर्माण गर्न शिक्षण सस्था र रोजगारदाताबीच असल श्रम सीप र शिक्षा सम्बन्ध कायम गर्न छलफल गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, सामाजिक संयोजक सुशील भट्ट लगायत सम्बन्धित प्राविधिक शैक्षिक सस्था ,उद्योग व्यवसायी सरोकारवाला सहभागी भएका छन् ।
