ghar sansar

भीमदत्त ७ मा खेलाडी र प्रशिक्षक सम्मानित

little buddha academy
khasi

चित्राङ्ग थापा
धनगढी । भीमदत्त नगरपालिकाको ७ नं. वडा कार्यालयले आफ्नो वडामा बसोवास गर्ने बिभिन्न खेलका १० जना अन्तर्राष्ट्रिय खेलाडी तथा २ जना प्रशिक्षकलाई बुधवार एक कार्यक्रमका बीच नगद पुरस्कार सहित सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय खेलमा सहभागी एवम् पदकधारी खेलाडीहरुमा जनही ८ हजार नगद पुस्कारसहित सम्मानित हुनेहरुमा क्रिकेटमा एशिया कप क्वालिफाइङ म्याचका लागि छनौट भएका मिलन बोहरा, दिल्लीमा २०२४ मा आयोजित जुनियर एशियन च्याम्पियनशिपमा कास्य पदक बिजेता हेमन्त पाल रहेका छन् ।

,orning glory badhai

यसैगरि १९औं एशियाली खेलकुद बेइजिङमा सहभागी भएका भारत्तोलनका खेलाडीहरु विकास भट्ट, विशालसिंह बिष्ट र सागर भण्डारी पनि नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।

dirghayi clinic

यसैगरि कवड्डीतर्फ बांङलादेशमा बंगबन्धु अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक प्राप्त गर्ने मनोज भट्ट कपाडी तथा प्रकाश गिरी र इरानमा कवड्डाीकै जुनियर वर्ल्ड च्याम्पियनशिपमा कास्य पदकधारी आकाश भट्ट र प्रकाश गिरी पनि नगद पुरस्कारसहित सम्मानित भएका थिए ।

उक्त अवसरमा जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत भारत्तोलन प्रशिक्षक जीवन गौतम तथा कवड्डी प्रशिक्षक बिष्णुदत्त भट्टलाइ जनही ११ हजार नगद पुरस्कार सहित सम्मानित गरिएको हो ।

आफु स्वयम भात्तोलनका राष्ट्रिय खेलाडी रहेका ७ न. वडाका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख पदम बाृेगटीले खेलाडी तथा प्रशिक्षकलाइ नगद पुरस्कार प्रदान गरि सम्मान गरेका हुन् ।

नगरप्रमुख बोगटीले नगरपालिकाले पनि निकट भविष्यमा अन्तर्राष्ट्रिय प्रनियोगितामा सहभागी र पदकधारी खेलाडीहरुलाइ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरे ।

साभार :  इकान्तिपुर

Himal dental
सम्बन्धित
Loading...