ghar sansar

जहाँ मसानघाटमा बस्छन् मान्छे, दशैं न तिहार

khasi

महेन्द्रनगर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका–११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन। मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ ।

’त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि सङ्घर्ष गर्नुपरेको छ’, शिविरका दलबहादुर बोहराले भने, ’दसैँ तिहार जे आए पनि कष्ट उस्तै छ।’ टीका लगाउन आएका दिदीबहिनीलाई मीठो मसिनो खानेकुरा दिने नभएकाले दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेश्की पैसा लिएको उनले बताए। ’साहुले काम नगरी कसरी पैसा दिने भनेर नाइनास्ती गरेका थिए। अनुनय विनय गर्दा छ सय मागेर ल्याएँ’, उनले भने ।

सात वर्ष पहिले दातृ निकायले दिएका त्रिपाल ठाउँठाउँमा च्यातिँदा वर्षात्को पानी त चुहिन्छ नै। हिउँदमा शीतका थोपा झुपडी भित्रै खस्छ। ’मजदुरी नगरे चुल्होमा आगो बल्दैन’, अमृता साउदले भनीन्, ’मजदुरी पाउन कठिन छ, पाए पनि थोरै ज्यालामा काम गर्नुपर्छ, अरुसँग मागेर ल्याएका लुगाफाटो लगाएर चाडपर्व मनाउनु परेको छ ।’

छ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किएका छन्। ’चार महिना काम पाइयो’, उनले भने, ’बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो। अहिले रित्तो फर्किएका छौँ ।’

dirghayi clinic

तिहारका बेला शिविर नजिकैका बस्तीहरू बत्तीले झकिझकाउ छन् । ’दिउँसो त उज्यालो हुन्छ’, शिविरका दीपेन्द्र सोवले भने, ’रातमा उज्यालो बाल्ने नहुँदा अध्याँरोमै रात काटनुपर्छ।’ शिविरका देवकी विष्टलाई छोराले भारतबाट ल्याईदिएको मोबाइल चार्ज गर्न समस्या छ ।

एक पटक चार्ज गरेबापत छिमेकी गाउँको पसलमा १० रुपैयाँ बुझाउनु पर्छ । सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन। दाताले उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरू छन् ।

शिविरमा दातृ निकायले गाडेका नल्का छन् । नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरै जना पत्थरी र छाला सम्बन्धी रोगबाट पीडित छन् । शुद्ध पिउने पानी व्यवस्था नहँदा उनीहरू समस्यामा छन्। सामुदायिक वन छेउकै शिविर भएकाले हात्तीले उत्तिकै दुःख दिने गरेको छ ।

झुपडीमा मजदुरी गरेर जोहो गरेको अन्न हात्तीले खाइदिने भएकाले कैयौँ दिन भोकै बस्नु परेको कलावती दमाईले सुनाइन्। ’सुरक्षित आवाससँगै रोजगारीको माग उठाउँदै आएका हौँ’, राधिका सोवले भनिन्, ’सुकुम्बासीको फाराम पनि भरेका छौँ, हालसम्म पुनःस्थापनले गति नलिँदा कष्टकर जीवन बिताउन बाध्य छौँ ।’

सामुदायिक विद्यालयमा बालबालिका पढाउँदा शुःल्क तिर्नुपर्ने हुँदा कक्षा छ र सातसम्म पढाएर बीचमै विद्यालय छुटाइ मजदुरीमा लैजानुपर्ने बाध्यता शिविरका बासिन्दाको छ।

Himal dental
सम्बन्धित
Loading...