ghar sansar

बैतडीको देहीमाडौंंमा ‘चौसट्ट मच्चाउँदै’ रागाँलाई दिइन्छ बलि

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । बैतडीको दशरथ चन्द नगरपालिका २ देहीमाडौंथित निङ्गलाशैनी भगवती मन्दिरमा मंगलबार अढाई सय बढी राँगा र डेढ सय बोकाको बलि दिइएको छ । मन्दिर समितिका अनुसार २ सय ६० रागाँ र १ सय ५० बढी बोकाको बली दिइएको छ ।

बलि दिइएकामध्ये केही राँगालाई मन्दिर आशपास क्षेत्रमा दौडाएर बलि दिइएको छ । यसलाई स्थानीय भाषामा चौसट्ट मच्चाउने भन्ने गरिन्छ ।

western public academy

दर्शनार्थीहरुको अनुसार राँगालाई खामबाट फुकालेर हतियार प्रहार गर्ने र त्यसपछि भगाउँदै भगाउँदै बलि दिइएको छ ।
निङ्गलाशैनी मातालाई गरिएको भाकल अनुसार मन्दिरमा बलि दिने गरिएको छ । केहीलाई खाममै र केहीलाई फुकालेर खुकुरी प्रहार गरी बलि चढाइएको छ ।

घाइते राँगालाई भगाउँदा जात्रामा दर्शनार्थीको भागदौड हृने गर्छ । चौसट्ट मच्चाउने प्रचलन परापूर्व कालदेखि चल्दै आएको बताइन्छ ।

घटस्थापनाका दिनदेखि नित्य पूजा आराधना सुरु भएर सप्तमीदेखि नानी जात हुने र महाष्टमीका दिन राँगा र बोकाको बलि दिने गरिएको छ ।

निङ्गलाशैनी भगवती मन्दिर समितिका अध्यक्ष मान सिह बोहराले महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको बताए ।

‘हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ, निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगि दर्शन गरेका छन्’ उनले भने ।

मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । यो बेलाको जात्रामा भने बलि दिने चलन छैन ।

बैतडीको दशरथचन्द न.पा.को उपल्लो स्वराडकी देवीका विभिन्न स्वरुपहरूमध्ये देहिमाण्डौंकी निङ्गलासैनी माता पनि एक प्रख्यात भगवती हुन । देहिमाण्डौंमा निङ्गलाको झाङभित्र देवीको फुटलिङ्ग गाथ (शिला) भएको हुनाले यिनलाई निङ्गलासैनी माताका नामले शक्तिपीठको रूपमा पुज्ने गरिएको छ ।

यहाँ प्रत्येक महिनाको सङ्क्रान्ति, पूर्णिमा, चैतेदशैं (दशमी), भाद्र चर्तुदशी, आश्विन बडादशैं, पुसको औंशी तथा पूर्णिमामा मेला र पूजा हुन्छ । जीतसिंह भण्डारीका अनुसार यहाँ बाहिरी रेखदेख गर्ने कार्य बोहरा र पुजाराले गरेका छन् भने भित्री गाथमा पण्डा (पालिका भट्ट, सुते गाडी भट्ट, बोग्गाई भट्ट र अरल्या भट्ट) ले पुज्ने प्रचलन रहि आएको छ ।

देवीको डोला (सिंहासन) पण्डा र भण्डारीहरूले भण्डार घरमा लगिराख्ने र ल्याउने परम्परा अहिलेसम्म यथावत् छ । यस्तै अन्य थरी धामी, रावत, थलाल, आदिहरूले पनि मन्दिरमा आ–आफ्नो कार्य यथावत् गरिराखेका छन् । निङ्गलासैनी भगवतीको काला खामका मुखिया भण्डारी हुन् । “भागेश्वर देउता र नौ बैनी भगवती“ भनी ढोलगें ठाडा खेलमा यी निङ्गलासैनीलाई भागेश्वर देउताकी सबैभन्दा जेठी बहिनी हुन् भनेर गीत गाउने चलन पनि रहेको छ ।

देहीमाडौमा यो मन्दिर १२ औं शताब्दीभन्दा पहिले नै स्थापना भएको विश्वास गरिन्छ । भारतको दुवानगरबाट बसाइँ सरी आएका जनाविचार भट्ट, चतुर ब्रह्मा (चतुरÞ्या बोरो), भुनी टेर, दासी हुड्के लगायतका विभिन्न व्यक्तिहरू परिवारले कुल देबताका भगवतीको पूजाआजा गर्दथे ।

नौगेडी वन (हालको देहिमाण्डौं) नजिक परिवार बसालेका चतुरब्रह्मा (चतुरे बोरो) को घरमा लावड जातिको ग्वालो थियो । ऊ सधैं गाईगोरु लगेर नौगेडीको वनमा चराउँथ्यो । चतुरब्रह्माको घरमा सेतो कालो रङको कपुरा दुहुनु गाई थियो । गाईलाई लगेर ग्वालो सधैं नौगेडी वनमा जान्थ्यो । वन जाने बेलामा उक्त गाईको कल्चौंडो दूधले भरिएको हुन्थ्यो भने घर आउने बेलामा कल्चौंडो रित्तो हुन्थ्यो ।

गाईको यो अवस्था देखेर चतुरव्रह्माकी श्रीमती अचम्म पर्दथिन् । दैनिक यस्तै अवस्था देखेपछि चतुरव्रह्माकी श्रीमतीले ग्वालालाई बोलाएर भनिन्, “हेर ! बिहान वन जाने बेलामा गाईको कल्चौंडो सधैं दूधले भरिभराउ हुन्छ, साँझ घर आउने बेलामा कल्चौंडो रित्तो हुन्छ ! गाईले बेलुका दूध पनि दिँदैन । तिमीले वनमा गएर कतै गाई दुहेर दूध त खाँदैनौ?” भनेर ग्वालालाई झपार्न लागिन् । आफूले वनमा कहिले पनि दूध दुहेर नखाएको तर गाईको अवस्था हेर्दा उनले भनेजस्तै कल्चौंडो रित्तो हुने देखेर ग्वालो पनि छक्क पर्यो । दोस्रो दिन ग्वालाले आज त म यसको राज पत्ता नलगाई छोड्दिँन भन्ने अठोट लिएर ऊ गाई लगेर वनमा गयो र गाईबाट एक नजर पनि हटाएन ।

सदाझै गाई सरासर गएर नौगेडी वनमा रहेको निङ्गालाको झ्याङमा गएर आफै दुहिन थाल्यो । यस्तो देखेपछि ग्वालो अचम्म पर्दै बल्ल राज पत्ता लाग्यो, अब घरमा गएर सबै कुरा बताउँछु भनी ऊ गाईलाई त्यसै ठाउँमा छोडी दगुरेर घर पुग्यो र हतारिँदै चतुरब्रह्माकी श्रीमतीलाई गाई आफै दुहिएको राज बताउँदै आफ्नै आँखाले हेर्नु भनेर गाई दुहिन लागेको ठाउँमा लग्यो ।

साँच्चिकै गाई निङ्गालाको झ्याङमा आफैँ दुहिदै थियो । यो देखेर चतुरब्रह्माकी श्रीमतीलाई रिस उठ्यो र उक्त झ्याङमा हँसिया प्रहार गरिन् । हँसियाको प्रहारले गर्दा उक्त झ्याङबाट रगत बगेको देखियो । झ्याङबाट रगत बगेको देख्नासाथ ग्वालोले आफूले ओढेको वस्त्रले छोपिदियो । यो अचम्मको घटना देखेर चतुरब्रह्माकी श्रीमती र ग्वालो छक्क परे । त्यसपछि घर आएर चुतरेलाई सबै वृत्तान्त सुनाए ।

घटना कसरी घटेको हो भन्ने बारे छलफल चलेपछि यो ठाउँमा दुवानगरमा पुज्य हुँदै आएकी कुलदेवी आएकी भन्ने निष्कर्षमा सबैजना पुगे । सबैजना मिलेर उक्त निङ्गालाको झ्याङभित्र रहेको शिलालाई कुलदेवीका रूपमा पूजा गर्न सुरू गरे । निङ्गालाको झ्याङमा मिलेको र त्यसैमा निवास गर्ने देवीका रूपमा त्यसै बेलादेखि निङ्गलासैनीका नामले पुकारिन थालियो ।

देवीलाई सबैभन्दा पहिले पाएको र हँसिया प्रहारपछि आफ्नो ओढ्ने वस्त्रले छोपेको हुनाले लावड जातिको ग्वालोलाई निङ्गलासैनी भगवतीको प्रिय पात्रको रूपमा सम्मान गरिन्छ । चतुरब्रह्माकी श्रीमतीले झाङमा हँसिया प्रहार गरेको घटनाको किंवदन्तीअनुसार हालसम्म पनि देहिमाण्डौँबासी बोहराहरूकी श्रीमतीलाई उक्त मन्दिरको टीका प्रसाद ग्रहण गर्न समेत बर्जित गरिएको छ ।

यसरी रैण्यासैनी र निङ्गलासैनीले सल्लाह गरेपछि यस बैतडी र स्वराड क्षेत्रका सम्पूर्ण देवीदेवताहरूलाई बोलाएर बैतडीको झौलेकमा असमीकेदार (सस्या) देवताको नेतृत्वमा सभा बसालेर अठौतीलाई कसरी मार्ने भन्ने विषयमा छलफल गरिएको प्रसङ्ग उल्लेख गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...