ghar sansar

अपि हिमाल सहकारीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गिरीशदेब भट्टलाई स्वागत

Amity

महेन्द्रनगर । अपि हिमाल बचत तथा ऋण सहकारी संस्थाले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गिरीशदेब भट्टलाई स्वागत गरेको छ । सहकारीको कार्यालयमा सोमबार कार्यक्रम गरी प्रमुख कार्यकारी भट्टलाई बधाई सहित सम्मान गरिएको छ ।

सहकारीले कार्तिक २४ गते भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । नेफ्स्कुन महेन्द्रनगर शाखाका प्रमुख यम बहादुर डाँगीको प्रमुख आतिथ्यमा स्वागत कार्यक्रम गरिएको छ ।

lotus institite

सहकारीका कार्य वाहक अध्यक्ष महेशदत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि डाँगी सहित नव नियुक्त कार्यकारी अधिकृत भट्टलाई टिका र खादा लगाएर स्वागत गरे ।

कार्यक्रमका प्रमुख अतिथि डाँगीले सहकारी ऐन नियम कानुन पालना गरी सञ्चालन गरिए समस्या नहुने बताए ।

सहकारी संस्थाको नेतृत्वको नियत सही नभएपछि समस्या आउने उल्लेख गर्दै उनले नेफ्स्कुन सहकारीसित सधैं सहकार्य गर्न तयार भएको बताए ।

कार्यक्रममा सहकारी संस्थाका सल्लाहकार समिति सदस्य भगिरथ पाण्डेय, सिद्धार्थ विकास बैंक महेन्द्रनगर शाखाका प्रमुख बिरेन्द्र सिह कार्की, नेपाल लाइफ इन्स्यारेन्स महेन्द्रनगर शाखाका प्रमुख रविन्द्र बहादुर सिह लगायतले मन्तव्य राखे ।

सहकारीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले सहकारी संस्थाले आफूलाई दिएको जिम्मेवारी इमान्दारी पूर्वक निर्वाह गर्ने बताए ।
सहकारी संस्थालाई एकल प्रयास मात्रै बलियो बनाउन नसकिने उल्लेख गर्दै उनले सञ्चालक, शेयर सदस्य, कर्मचारी सबैको साथ र सहयोग आवश्यक हुने बताए ।

सहकारीको खराब कर्जा घटाउने, ऋण लगानी गर्ने, शेयर बढाउने, बचत संकलनका दायरा विस्तार गर्ने, सञ्चालक र कर्मचारीको संस्थागत क्षमता बढाउनु तालिम अभिमुखीकरण सञ्चालन लगायतका कार्यक्रम गर्ने प्रमुख कार्यकारी अधिकृत भट्टले बताए ।

सहकारीलाई समय सापेक्ष प्रविधिसित जोडेर जानु पर्ने आवश्यकता भएको उल्लेख गर्दै आफूले त्यसका लागि सक्रिय रुपमा लाग्नेमा प्रमुख कार्यकारी अधिकृत भट्टले जोड दिए ।

कार्यक्रममा सहकारी शेयर सदस्यहरुलाई शेयरधनी प्रमाण पत्र समेत प्रदान गरिएको छ । सहकारीका कार्य वाहक अध्यक्ष भट्टले सहकारी संस्थाको विनियम अनुसार प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको जानकारी दिए ।

उनले प्रमुख कार्यकारी अधिकृतको नियुक्तिले सहकारीको कारोबार थप उत्साहप्रद हुने आशा राखिएको बताए । सहकारी सचिव दिलिप सिह धामीले सञ्चालन गरेको कार्यक्रममा कार्य वाहक अध्यक्ष भट्टले स्वागत गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...